१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत



काठमाडौँ । प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ ।

काउन्सिलको प्रतिनिधिमण्डलले सो आधिकारिक धारणा प्रतिवेदनको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई बुझाएको हो । संसद्मा छलफलमा रहेको उक्त विधेयकलाई थप व्यवस्थित बनाउन काउन्सिलले विभिन्न सञ्चार गृहका सम्पादक तथा विज्ञसँग लिएको सुझावसहित मन्त्री गुरुङलाई प्रतिवेदन बुझाएको हो ।

मिडिया काउन्सिल विधेयक अध्ययन तथा सुझाव उपसमितिका सदस्य एवं बोर्ड सदस्य शन्तराम विडारी, बोर्ड सदस्य विजयराज अधिकारी, उपसमितिका सदस्यसचिव तथा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र अनुगमन अधिकृत सञ्चिता घिमिरेको टोलीले प्रतिवेदन बुझाएको हो ।

सुझावसहितको प्रतिवेदन ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मर्यादित र स्वतन्त्र पत्रकारिता साथै बलियो र स्वायत्त प्रेस काउन्सिलका पक्षमा सरकार रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ९ : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा