६ पुस २०८२, आइतबार | December 21, 2025

चौथो स्थापना दिवस देशभर कार्यक्रम गरी मनाउने एकीकृत समाजवादीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही भदौ ९ गते चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई समेत दिवस मनाउन आह्वान गरेको छ । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठन तथा विभिन्न विभागहरूले सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तर्क्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

त्यसैगरी, केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने मुख्य कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ । उक्त कार्यक्रममा “नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा” विषयक गोष्ठीसमेत हुनेछ । सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति दिनेछन् ।

पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा देखिएका वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे समीक्षा गर्ने कार्यक्रमसमेत रहेको छ ।

नेपालमा २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टी स्थापना भएदेखि विभिन्न चरणमा पार्टी फुटफुट हुँदै आएको छ । तत्कालीन नेकपा (एमाले)सँग वैचारिक असहमति जनाउँदै २०७८ साल भदौ ९ गते कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले नेकपा (एकीकृत समाजवादी)को स्थापना भएको थियो ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : ३५ बजे

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते