६ पुस २०८२, आइतबार | December 21, 2025

बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात



बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

आर्थिक वर्ष २०७९र८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

यसैगरी, आव २०८०र८१ मा एक सय १५ हराएकामा एक सय १३ जना फेला परेका थिए । आव २०८१र८२ मा एक सय २२ जना हराएकामा ८६ जना फेला परेका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको सङ्ख्या बढी रहेको प्रहरी प्रवक्ता पाण्डेयले बताए । गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र एक एक जना ज्येष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो । तीमध्ये ८६ जना फेला परेका छन् ।

बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेलापरेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ । बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले पनि बेपत्ता मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ ।

प्रहरीले बेलाबेलामा समस्या परेका नागरिकको उद्धार पनि गर्दै आएको छ । गत आवमा पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ । ललाइफकाइ र आफैँ पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाको सीमानाकाबाट उद्धार गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : ४२ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना