७ चैत्र २०८२, शनिबार | March 21, 2026

भारत ‘ट्यारिफको महाराजा’ : ट्रम्पका सल्लाहकार पिटर नभारोको कडा आलोचना



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि तीव्र आलोचना गर्दै ‘ट्यारिफ (आयात कर)को महाराजा’को संज्ञा दिएका छन् । उनले भारतले रूसबाट सस्तो तेल खरिद गरेर प्रशोधन गरी महँगोमा बेच्ने कार्यलाई “नाफाखोरी योजना” को संज्ञा दिएका छन् ।

नभारोको टिप्पणी भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकाको आलोचनाको जवाफ दिएको केही समयपछि आएको हो । जयशंकरले अमेरिकाले नै भारतलाई रुसी तेल खरिद गर्न आग्रह गरेको र यसले विश्व ऊर्जा बजारलाई स्थिर राख्न सहयोग पुर्‍याएको बताएका थिए ।

तर नभारोले भारतमाथि उल्टै आरोप लगाउँदै भनेका छन्, “सन् २०२२ मा रूस-युक्रेन युद्ध सुरु हुनुअघि भारतको रुसी तेल खरिद करिब १ प्रतिशत मात्रै थियो । अहिले यो बढेर ३५ प्रतिशत पुगेको छ । भारत सस्तो कच्चा तेल किन्दछ, रिफाइनरीमा प्रशोधन गर्छ र त्यसलाई युरोप, अफ्रिका र एसियामा महँगोमा बेचेर ठूलो नाफा कमाउँछ ।”

उनले भारतले कमाएको नाफा फेरि रुसी तेल खरिदमा प्रयोग गर्ने र त्यस पैसाबाट रूसले हतियार उत्पादन गरी युक्रेनमाथि आक्रमण गर्ने आरोपसमेत लगाए । “यसरी अमेरिकन करदाताहरूलाई आफ्नै सरकारले युक्रेनलाई थप हतियार र सहयोग गर्न पैसा खर्च गर्नुपर्ने बाध्यता हुन्छ,” नभारोले भने ।

त्यसैगरी, उनले भारत र चीनबीचको निकटतालाई पनि प्रश्न उठाउँदै राष्ट्रपति ट्रम्पले भारतीय उत्पादनहरूमा आयात कर ५० प्रतिशत पुर्‍याएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको दाबी गरे ।

नभारोले भने, “ट्यारिफको मामिलामा भारत वास्तवमै एक महाराजा हो । भारतले उच्च ट्यारिफ र गैरट्यारिफ अवरोधहरू लगाएको छ, जसले अमेरिकी कामदार र कम्पनीहरूलाई नोक्सान पु¥याएको छ ।”

यो पछिल्ला केही दिनमै नभारोले भारतमाथि गरेको दोस्रो ठूलो आलोचना हो । यसअघि उनले ‘फाइनान्सियल टाइम्स’मा लेख प्रकाशित गर्दै भारतको रुसी तेल खरिदलाई गलत ठहर गरेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ८ : ०२ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान