१ पुस २०८२, मंगलबार | December 16, 2025

तीन दशकमा माइन तथा विस्फोटनमा परी पाँच सय ५१ जनाको मृत्यु



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बितेका तीन दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जना प्रहरी तथा सर्वसाधारणको मृत्यु र दुई हजार ८९९ जना घाइते भएको जानकारी दिएका छन् ।

आज राष्ट्रियसभामा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको सो तथ्याङ्क नेपाल प्रहरीलाई उद्धृत गर्दै प्रस्तुत गरेका हुन् ।

“द्वन्द्वकालीन घटनाका सम्बन्धमा मृतकका हकदारलाई रु १० लाखका दरले राहत रकम प्रदान गरिएको छ”, गृहमन्त्री लेखकले भने, “घाइते तथा सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान, टुहुरा बालबालिकाका लागि १८ वर्षसम्म मासिक रु पाँच हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ ।”

साथै परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णयबमोजिम हुने गरेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : २० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष