१८ माघ २०८२, आइतबार | February 1, 2026

भ्रष्टाचार र बदमासी गरेर आजपावाट निष्काषितलाई एमालेले प्रवेश गरायो : आजपा अध्यक्ष साह



काठमाडौं । आम जनता पार्टी (आजपा) ले विगतमा कारवाही गरी पार्टीबाट निष्काशन गरिसकेका केही व्यक्तिलाई आजपाकै हैसियतमा टिका लगाएर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएको भन्दै भ्रमपूर्ण एवं झुठको प्रचार गरिरहेको जनाएको छ ।

आजपा अध्यक्ष प्रभु साहले विगतमा विभिन्न आरोपमा कारवाही गरिसकेका व्यक्तिलाई आजपाकै हैसियतमा प्रधानमन्त्री ओलीले पार्टी प्रवेश गराउदै भ्रमपूर्ण एवं झुठको प्रचारमा लागेको जनाएका छन् ।

‘चैत्र महिनामै आम जनता पार्टीको साधारण सदस्यबाट निकालिएको उपेन्द्र साह र आषाढ़ महिनामै ठगी आरोपमा निष्कासित मनोज यादव लगायतकालाई एमाले अध्यक्षले आजपाकै नेताको हैसियतमा टिका लगाएर ‘आजपाको दर्जनौ ठुलो नेताहरु एमालेमा प्रवेश’ गरेको भ्रमपूर्ण एवं झूठ प्रचार गरिरहेकोछ । प्रधानमन्त्री जस्तो सम्मानित पदमा रहेका व्यक्तिले यस्तो सफेद झूठ कतिको उचित छ ? प्रधानमन्त्रीज्यू सिमित स्वार्थको लागि जे पनि प्रचार गर्ने कार्य बन्द गर्नुस । यस्तो भ्रमपूर्ण प्रचारले तपाईबाट समाजले के शिक्षा लिने ? अलिकति पनि लेहाज गर्नुस,’ आजपा अध्यक्ष साहले भनेका छन् ।

‘सडेगलेकालाई दुल्हीझै सिंगारेर घर भित्रयाए’ जस्तै भएको टिप्पणी गर्दै आजपाले हाल उनीहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विगतमै बिभिन्न आरोपमा कारवाही गरिएका व्यक्तिले आजपाको यो वा त्यो जिम्मेवारीमा रहेको भन्दै अन्य पार्टीमा प्रवेश गर्नु लाजमर्दो भएको जनाएका छन् ।

साहलाई गत २६ चैतमा, र मनोज (राजन) यादवलाई गत ३१ असारमै पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेको प्रवक्ता साहले जनाएका छन् । पार्टीको विधान, नीति एवं कार्यक्रम विपरित कार्य गर्ने साह र नेटवर्किङ कारोबारबाट ठगी धन्दामा लागेको आरोप सहित पार्टीमा निवेदन परेपछि यादवलाई आजपाले कारवाही गरेको थियो ।

तर साह र यादव सहित अन्य केही व्यक्तिले आजपाको बिभिन्न जिम्मेवारीमा रहेको भन्दै आज नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १० : ०२ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि