२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनबाट बाँकेमा खजुराले पायो प्रथम स्थान



खजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका ८ स्थानीय तहलाई पछि पार्दै बाँकेको खजुरा गाउँपालिका उत्कृष्ट पालिका बन्न सफल भएको छ । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) का आधारमा खजुरा गाउँपालिकाले २०८०(८१ मा ८५.७५ अंक ल्याएर जिल्लामा उत्कृष्ट पालिका बन्न सफल भएको हो ।

लिजामा बाँकेको कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अंक ल्याएका छन् नेपालगन्ज उपमहानगरपालिकाले ८२ अंक प्राप्त गरेको छ । डुडुवा गाउँपालिकाले ८१.७५, बैजनाथ गाउँपालिकाले ७६.५० र जानकी गाउँपालिकाले ७३ अंक प्रप्त गरेका छन् ।

स्थानीय तहको कार्यसम्पादन र उपलब्धीको लेखाजोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा सुधार गर्न स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको छ ।

लिजाका अनुसार खजुरा गाउँपालिकाले गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५०, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क पाएको छ । त्यसैगरि वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १२.५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७, सहकार्य तथा समन्वयमा ५.५० अङ्क प्राप्त गरेको छ ।

खजुरा गाउँ गाउँपालिका जिल्लामा उत्कृष्ट पालिकामा पर्न सफल भएकोमा पालिका अध्यक्ष डम्बर विक तुफानले खुसी ब्यक्त गरेका छन् । उनले कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम निर्माण गरेको र कर्मचारीले कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गरी अभिलेखीकरण गर्न सकेकाले बाँकेमा सर्वोकृष्ट हुन सकिएको बताए ।

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) २०८०र८१ मा माओवादी केन्द्र नेतृत्वका पालिकाहरु बेनीघाट रोराङ गाउँपालिका (धादिङ) ९१.७५ अङ्कसहित प्रथम र रुरुक्षेत्र गाउँपालिका (गुल्मी) ९०.०० अङ्कसहित द्वितीय भएको थियो । खजुरा गयाँउपालिकामा पनि माओवादीले नेतृत्व गरेको मिश्रित जनप्रतिनिधिहरु रहेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ७ : ३४ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली