३ पुस २०८२, बिहिबार | December 18, 2025

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ ।

सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो । सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो ।

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्दतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : ०८ बजे

रवि र छवि विरुद्धको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ