१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ ।

सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो । सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो ।

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्दतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : ०८ बजे

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

धनुषा-१ बाट रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १