८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवलको बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ हुँदै



बुटवल । कला र संस्कृतिलाई विद्यालय जीवनसँग जोड्ने उद्देश्यसहित बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीले ‘स्कूल गट ट्यालेन्ट रुपन्देही’ आयोजना गर्ने भएको छ ।

२६ वर्षदेखि सञ्चालनमा रहेको एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीलाई लक्षित गर्दै जिल्ला स्तरीय यो प्रतियोगिता ल्याएको हो । शनिबार पत्रकार सम्मेलन गरेर आयोजकले गायन, वाद्यवादन, नृत्य, अभिनय/नाटक, चित्रकला/पोस्टर डिजाइन र वाचन जस्ता विधामा विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने जानकारी दिएको छ ।

‘नो भोट, नो एसएमएस’ भन्ने मूल नारा राखिएको प्रतियोगिता निष्पक्ष हुने आयोजकको दाबी छ । एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठका अनुसार प्रतिभा लुकेका विद्यार्थीलाई आफ्नो क्षमता देखाउन अवसर दिने लक्ष्य लिइएको हो । “सहभागिताका लागि १ हजार रुपैयाँ मात्र दर्ता शुल्क लाग्नेछ, अन्य शुल्क लिइने छैन,” उनले भनिन् । छनोटमा नपरेका विद्यार्थीलाई समेत विभिन्न विधामा निःशुल्क तालिम दिने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

प्रतियोगिताका विजेताले ५५ हजार रुपैयाँ, उपविजेताले ३५ हजार रुपैयाँ र तृतीय हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जिल्लाभरका करिब १ हजार ५०० विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रम संयोजक डिबी लोहनीका अनुसार अडिसन भदौको तेस्रो हप्ताबाट सुरु भई मंसिरमा ग्राण्ड फिनाले हुनेछ । अडिसनलाई पाँच चरणमा ग्राउन्ड, मेघा, थिम, सेमीफाइनल र फाइनल गरेर अघि बढाइनेछ ।

नृत्य प्रशिक्षक शंकर खड्काले प्रतियोगिता केबल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीको सृजनात्मक प्रतिभा उजागर गर्ने माध्यम बन्ने बताए । मूल्याङ्कनमा प्रस्तुतिकरण, मौलिकता, प्रविधि/कलादक्षता र सृजनशीलतालाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

हालै विभिन्न प्रतियोगितामा आर्थिक पहुँचलाई प्राथमिकता दिइएको गुनासो बढेका बेला बागेश्वरीले नो भोट, नो एसएमएस नीति अवलम्बन गरेर निष्पक्षता कायम गर्ने दाबी गरेको छ । सो अवसरमा एकेडेमीले आफ्नै थीम गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : ५४ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded