१८ माघ २०८२, आइतबार | February 1, 2026

बुटवलको बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’ हुँदै



बुटवल । कला र संस्कृतिलाई विद्यालय जीवनसँग जोड्ने उद्देश्यसहित बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीले ‘स्कूल गट ट्यालेन्ट रुपन्देही’ आयोजना गर्ने भएको छ ।

२६ वर्षदेखि सञ्चालनमा रहेको एकेडेमीले नयाँ पुस्ताका विद्यार्थीलाई लक्षित गर्दै जिल्ला स्तरीय यो प्रतियोगिता ल्याएको हो । शनिबार पत्रकार सम्मेलन गरेर आयोजकले गायन, वाद्यवादन, नृत्य, अभिनय/नाटक, चित्रकला/पोस्टर डिजाइन र वाचन जस्ता विधामा विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने जानकारी दिएको छ ।

‘नो भोट, नो एसएमएस’ भन्ने मूल नारा राखिएको प्रतियोगिता निष्पक्ष हुने आयोजकको दाबी छ । एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठका अनुसार प्रतिभा लुकेका विद्यार्थीलाई आफ्नो क्षमता देखाउन अवसर दिने लक्ष्य लिइएको हो । “सहभागिताका लागि १ हजार रुपैयाँ मात्र दर्ता शुल्क लाग्नेछ, अन्य शुल्क लिइने छैन,” उनले भनिन् । छनोटमा नपरेका विद्यार्थीलाई समेत विभिन्न विधामा निःशुल्क तालिम दिने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

प्रतियोगिताका विजेताले ५५ हजार रुपैयाँ, उपविजेताले ३५ हजार रुपैयाँ र तृतीय हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जिल्लाभरका करिब १ हजार ५०० विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रम संयोजक डिबी लोहनीका अनुसार अडिसन भदौको तेस्रो हप्ताबाट सुरु भई मंसिरमा ग्राण्ड फिनाले हुनेछ । अडिसनलाई पाँच चरणमा ग्राउन्ड, मेघा, थिम, सेमीफाइनल र फाइनल गरेर अघि बढाइनेछ ।

नृत्य प्रशिक्षक शंकर खड्काले प्रतियोगिता केबल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीको सृजनात्मक प्रतिभा उजागर गर्ने माध्यम बन्ने बताए । मूल्याङ्कनमा प्रस्तुतिकरण, मौलिकता, प्रविधि/कलादक्षता र सृजनशीलतालाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

हालै विभिन्न प्रतियोगितामा आर्थिक पहुँचलाई प्राथमिकता दिइएको गुनासो बढेका बेला बागेश्वरीले नो भोट, नो एसएमएस नीति अवलम्बन गरेर निष्पक्षता कायम गर्ने दाबी गरेको छ । सो अवसरमा एकेडेमीले आफ्नै थीम गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ८ : ५४ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि