१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

भारत र नेपालका सुरक्षा अधिकारीबीच सीमा समन्वयात्मक बैठक सम्पन्न



दार्चुला । नेपाल र भारतका सुरक्षा अधिकारीबीच खलङ्गामा आज सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डिआइजी स्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिए ।

बैठकमा दुवै पक्षले आआफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरीएको उनले बताए । सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अवैध गतिविधि, चोरी तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधिहरु दुवै देशका सुरक्षाकर्मी मिलेर नियन्त्रण गर्ने सहमति भएको उनले बताए ।

बैठकमा सीमा क्षेत्रका सम्भावित आपराधिक गतिविधिहरुको बारेमा विभिन्न तहमा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत सम्भार, संरक्षण र पुनःस्थापना अघि बढाउन सम्बन्धित कार्यालयमा प्रतिवेदन गर्ने, सीमा क्षेत्रका नागरिकको आवागमनलाई सहज र सौहार्द बनाउन प्रयत्न गर्ने सहमति भएको जनाइएको छ ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका कैलालीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्रुका गुल्मपति र भारत अल्मोडाका डिआइजी सुधाम्सु नौटियाल र पिलिभितका डिआइजी अनिलकुमार शर्मालगायत १० जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : ३४ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ