१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भारतमा २५ प्रतिशत थप कर भोलिदेखि लागू, अमेरिकाले जारी गर्‍यो सूचना



अमेरिकाले २७ अगस्ट अर्थात भोलि बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत शुल्क लगाउने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेश अन्तर्गत यो कदम चालिएको हो।

अमेरिकाको भनाइमा भारतले रूसबाट लगातार तेल खरिद गर्दै आएको विषय राष्ट्रिय सुरक्षाका लागि चिन्ताको विषय भएको तर्क गर्दै ट्रम्पले सो तेल खरिद नरोके भारतविरुद्ध अतिरिक्त कर लगाउने चेतावनी दिएका थिए ।

अमेरिकी गृहमन्त्रालयले कस्टम्स एन्ड बोर्डर प्रोटेक्शनमार्फत सार्वजनिक सूचना जारी गर्दै यस नयाँ शुल्कबारे जानकारी दिएको छ।

ट्रम्पको यस कदमको उद्देश्य अझै पनि रूससँग व्यापारिक सम्बन्ध कायम राखिरहेका मुलुकहरूलाई दबाबमा पार्नु हो।

यसै अगस्ट महिनामै ट्रम्पले भारतीय आयातमा लगाइने कुल शुल्क दर दोब्बर बढाएर ५० प्रतिशत पुर्याएका थिए ।

त्यसको तुरुन्तै प्रतिक्रिया स्वरूप भारतको विदेश मन्त्रालयले उक्त कदमलाई “अनुचित, निराधार र अव्यावहारिक” भनेको थियो।

अमेरिकाले आफ्नो स्वार्थअनुकुल नचल्ने मुलुकहरुमाथि कर थोपर्दै आएको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : १७ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज