७ चैत्र २०८२, शनिबार | March 21, 2026

भारतमा २५ प्रतिशत थप कर भोलिदेखि लागू, अमेरिकाले जारी गर्‍यो सूचना



अमेरिकाले २७ अगस्ट अर्थात भोलि बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत शुल्क लगाउने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेश अन्तर्गत यो कदम चालिएको हो।

अमेरिकाको भनाइमा भारतले रूसबाट लगातार तेल खरिद गर्दै आएको विषय राष्ट्रिय सुरक्षाका लागि चिन्ताको विषय भएको तर्क गर्दै ट्रम्पले सो तेल खरिद नरोके भारतविरुद्ध अतिरिक्त कर लगाउने चेतावनी दिएका थिए ।

अमेरिकी गृहमन्त्रालयले कस्टम्स एन्ड बोर्डर प्रोटेक्शनमार्फत सार्वजनिक सूचना जारी गर्दै यस नयाँ शुल्कबारे जानकारी दिएको छ।

ट्रम्पको यस कदमको उद्देश्य अझै पनि रूससँग व्यापारिक सम्बन्ध कायम राखिरहेका मुलुकहरूलाई दबाबमा पार्नु हो।

यसै अगस्ट महिनामै ट्रम्पले भारतीय आयातमा लगाइने कुल शुल्क दर दोब्बर बढाएर ५० प्रतिशत पुर्याएका थिए ।

त्यसको तुरुन्तै प्रतिक्रिया स्वरूप भारतको विदेश मन्त्रालयले उक्त कदमलाई “अनुचित, निराधार र अव्यावहारिक” भनेको थियो।

अमेरिकाले आफ्नो स्वार्थअनुकुल नचल्ने मुलुकहरुमाथि कर थोपर्दै आएको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : १७ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा