११ माघ २०८२, आइतबार | January 25, 2026

नेपालले अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि ४१ रनको शानदार जित



काठमाडौं । अस्ट्रेलिया भ्रमणरत नेपाल राष्ट्रिय क्रिकेट टोलीले मंगलबार भएको खेलमा अस्ट्रेलियाको क्रिकेट एसिटी (ACT) विरुद्ध ४१ रनको विजय हासिल गरेको छ ।

टस जितेर पहिले फिल्ड रोजेको एसिटीविरुद्ध नेपालले ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेटको क्षतिमा १७७ रनको योगफल खडा गर्‍यो । ओपनर आशिफ शेखले आक्रमणात्मक खेल प्रस्तुत गर्दै ३९ बलमा ६९ रन जोडे । कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाए भने आरिफ शेखले १८ बलमा २४ रन थपे । अन्य ब्याट्सम्यानहरू भने ठूलो योगदान दिन नसके पनि नेपालले मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

१७८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको एसिटी टोली १७.२ ओभरमै १३६ रनमा अलआउट भयो । नेपाली बलरहरूले संयमित बलिङ गर्दै विपक्षीलाई दबाबमा राखेपछि सहज जित सम्भव भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियाविरुद्ध अभ्यास खेल खेल्ने तालिका छ । नेपालले दुबै टोलीसँग दुई-दुई वटा टी-२० खेल्नेछ भने अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेलिनेछ ।

यस जितसँगै अस्ट्रेलियाली भूमिमा नेपालको आत्मविश्वास थप उच्च बनेको छ र आगामी खेलहरूमा पनि उत्साहजनक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : ४५ बजे

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको

अण्डाको माग र मूल्य बढ्यो

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको