१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

राष्ट्रियता जस्तो संवेदनशील विषयमा सरकार गम्भीर छैन : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिपुलेकसम्बन्धी हालको विवादमा सरकारले आवश्यक गम्भीरता नदेखाएको आरोप लगाएको छ।

पार्टीले राष्ट्रियता जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखी सम्बोधन गर्ने जिम्मेवारी सरकारको भए पनि बेवास्ता गरिएको आशंका जताएको हो ।

रास्वपाको भनाइमा यस्तो संवेदनशील विषयको समाधान सत्ता वा प्रतिपक्षको विभाजनबाट नभई, एकमतका साथ कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ।

“संसद्मा उठाइएका नक्सा र राष्ट्रियताको विषयप्रति सरकारको उदासीनता देखिएको छ,” रास्वपाले जनाएको छ। पार्टीले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी प्रश्न स्पष्ट र दृढतापूर्वक उठाउन माग गरेको छ।

रास्वपाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको सार्वभौम भूभागको अभिन्न हिस्सा भएको पुनः दोहोर्‍याउँदै, यस क्षेत्रमाथिको नेपालको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक तथा कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गरेको उल्लेख गरेको छ।

“भारत र चीनबीच लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग खोल्ने विषयमा हालै भएको सम्झौताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रास्वपा राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई आफ्नो सर्वोच्च दायित्व मान्दछ। यस विपरीत हुने कुनै पनि कार्यलाई आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तविपरीत मानिनेछ।”

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ११ : ३६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले