७ आश्विन २०८३, बुधबार | September 23, 2026

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाँच



म्याग्दी । बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाँच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका हुन् ।

भाषा मंकाःखलका कलाकार सञ्जयकुमार श्रेष्ठले २० वर्षपछि बेनीमा थेत्तोर नाच देखाइएको जानकारी दिए । यसअघि विसं २०६२ मा यो नाच देखाइएको थियो । कलाकारहरुको अभावका कारण बर्खेनाचअन्तर्गतको थेत्तोर नाच नियमित प्रदर्शन हुन सकेको थिएन । थेत्तोरलाई धानको बाला नाचका रुपमा चिन्ने गरिन्छ ।

थेत्तोर नाचमा परदेशी घर फर्कने क्रममा बाटोमा हुने घटनाक्रमलाई प्रस्तुत गरिने कलाकार विनोद श्रेष्ठले बताए । “परापूर्वकालमा रोजगारीका लागि छिमकी मुलुक भारत गएकाहरु घर फर्कने क्रममा बाटोमा बास बस्दा हुने नाचगानका विषयवस्तुलाई ठट्यौली रुपमा गीतमा प्रस्तुत गरिन्छ”, उनले भने, “मौलिक गीतको लय र सुर तालमा लाहुरे, युवतीहरु र जोक्करले गर्ने अभिनय रोचक हुन्छ ।”

थेत्तोर नाचमा यसपालि बेनी सामुदायिक माविका विद्यार्थी कलाकार सहभागी भएका थिए । नाचका लागि वाद्यवादनसहित ३० जनाभन्दा बढी कलाकार आवश्यक पर्छ । बेनी वरपरका गाउँबस्तीमा धान र कोदो रोपाइँको काम सकेपछि स्थानीयहरु मनोरञ्जनका लागि बर्खेनाच हेर्न बेनी आउने यहाँको पुरानो चलन हो ।

बेनीमा घण्टाकर्ण चर्तुदर्शीका दिनदेखि सुरु भएको बर्खेनाचको तीज पर्वका दिन समापन गरिएको छ । दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिएको हो ।

दुई सय वर्षअघि बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरु भएको विश्वास छ । घण्टाकर्ण चर्तुदर्शीदेखि तीजका दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । यसवर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागागागिनी र थेत्तोर नाच देखाइएको ल्यामः पुःचका अध्यक्ष जेनेश श्रेष्ठले बताए । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिन्छ ।

लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने चलन रहेको नेपाल भाषा मंःकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ७ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई