६ पुस २०८२, आइतबार | December 21, 2025

दोलखामा मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु



काठमाडौं । दोलखामा भएको मोटरसाइकल दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिरिष बस्नेतसहित दुई जनाको ज्यान गएको छ ।

गएराति करिब ९ बजे भीमेश्वर नगरपालिका-६ रमिटेडाँडामा भएको दुर्घटनामा स्ववियु सभापति २४ वर्षीय शिरिष बस्नेतको उपचारको क्रममा चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । भीमेश्वर नगरपालिका-५ माटीका स्थानीय बस्नेतले बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।

उक्त मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका-३ मिर्गे निवासी २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) को पनि ज्यान गएको छ ।

बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु-जिरी सडकखण्डमा बा. प्र.०२-०३४ प ३२४२ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो । सो मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका-५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ८ : १५ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको