१० भदौ २०८३, बुधबार | August 26, 2026

दोलखामा मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु



काठमाडौं । दोलखामा भएको मोटरसाइकल दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिरिष बस्नेतसहित दुई जनाको ज्यान गएको छ ।

गएराति करिब ९ बजे भीमेश्वर नगरपालिका-६ रमिटेडाँडामा भएको दुर्घटनामा स्ववियु सभापति २४ वर्षीय शिरिष बस्नेतको उपचारको क्रममा चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । भीमेश्वर नगरपालिका-५ माटीका स्थानीय बस्नेतले बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।

उक्त मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका-३ मिर्गे निवासी २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) को पनि ज्यान गएको छ ।

बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु-जिरी सडकखण्डमा बा. प्र.०२-०३४ प ३२४२ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो । सो मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका-५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ८ : १५ बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी