२१ माघ २०८२, बुधबार | February 4, 2026

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अष्ट्रेलियासँग दुई टी-२० अभ्यास खेल खेल्दैछ । पहिलो खेल बिहान ५:१५ बजे सुरु भइसकेको छ । टस जितेर साउथ अष्ट्रेलियाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । पहिलो खेल सकिएलगत्तै नेपालले सोही टिमसँग बिहान ९:१५ बजे दोस्रो खेल खेल्नेछ ।

यसअघि मंगलबार नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT)सँग दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालले ४१ रनले जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पारेको थियो । पहिलो खेलमा सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चार-चार विकेट हात पारेका थिए ।

आजका दुई टी-२० खेलपछि नेपालले अष्ट्रेलियामा शनिबार एउटा एकदिवसीय (ODI) खेल साउथ अष्ट्रेलियासँग खेल्नेछ । खेल बिहान ५:१५ बजे सुरु हुने कार्यक्रम छ ।

यस्तै, आजै नेपाल ‘ए’ टिमले भारत भ्रमणमा पहिलो खेल खेल्दैछ । भारतको गुवाहटीमा आसाम प्रदेशसँग टी-२० सिरिज सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय ‘ए’ टोली घोषणा गरेको थियो ।

नेपाल ‘ए’ टिमले पहिलो खेल आज बिहान ११ बजे आसामसँग खेल्नेछ । नेपालले यस सिरिजमा पाँच खेल खेल्नेछ । बाँकी खेल भदौ १३, १४, १५ र १६ गते हुनेछन् ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ७ : ४२ बजे

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का