२० श्रावण २०८३, बुधबार | August 5, 2026

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते



धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको छ ।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ४ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए ।

दुर्घटनाबाट अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । प्रहरीका अनुसार घाइतेहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

घाईतेहरुलाईै उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । आज बिहान करिब सवा नौ बजेतिर जिप दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको उल्लेख गर्दै जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ११ : ४८ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा