१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

अमेरिकी भिसा कडाइले विद्यार्थी र पत्रकार प्रभावित हुने



काठमाडौं । अमेरिकी सरकारले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुने व्यक्ति तथा पत्रकारहरूलाई लक्षित गरी नयाँ भिसा नियम ल्याउने तयारी गरेको छ । प्रस्तावित नियमले उनीहरूको अमेरिका बसाइ अवधि सीमित गर्ने बताइएको छ ।

अमेरिकी गृह सुरक्षा विभागले बुधबार सार्वजनिक गरेको प्रस्तावित नियमअनुसार, ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूको भिसा अवधि चार वर्षमा सीमित गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

गृह सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो प्रस्तावित नियमले विदेशी विद्यार्थीलगायत केही भिसा धारकहरूको बसाइ अवधि घटाउनेछ । यसले भिसाको दुरुपयोग रोक्ने र यस्ता व्यक्तिहरूलाई उचितरूपमा जाँच तथा निगरानी गर्ने क्षमतालाई सुदृढ बनाउनेछ ।”

प्रस्तावअनुसार, विदेशी विद्यार्थीलाई दिइने ‘एफ’ भिसा र सांस्कृतिक आदानप्रदान कार्यक्रमका सहभागीलाई दिइने ‘जे’ भिसाको अवधि बढीमा चार वर्ष हुनेछ । त्यस्तै, विदेशी पत्रकारलाई दिइने ‘आई’ भिसाको अवधि २४० दिनमा सीमित गरिने प्रस्ताव गरिएको छ, जसलाई आवश्यक परे थप गर्न सकिने व्यवस्था रहनेछ ।

हालको व्यवस्थाअनुसार, विदेशी विद्यार्थीहरूलाई “ड्युरेसन अफ स्टेटस” (अध्ययन अवधि भर) को आधारमा अमेरिकामा बस्न अनुमति दिइएको छ । यसअन्तर्गत उनीहरूले अध्ययन कार्यक्रम सकिँदासम्म बस्न पाउने र त्यसपछि ओपीटी कार्यक्रममार्फत एच-वानबी भिसामा प्रवेश गर्ने व्यवस्था रहँदै आएको छ । तर, नयाँ नियमले यस प्रणालीलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

नयाँ व्यवस्थाले विदेशी विद्यार्थीहरूको बसाइमा कडाइ ल्याउने, निगरानीलाई सहज बनाउने र भिसाको दुरुपयोग रोक्ने दाबी ट्रम्प प्रशासनले गरेको छ । तर, धेरैजसो विद्यार्थीलाई स्नातकोत्तर वा पीएचडी गर्न चार वर्षभन्दा बढी लाग्ने भएकाले उनीहरूलाई भिसा नवीकरणका लागि पुनः आवेदन दिनुपर्ने हुनेछ ।

विशेषज्ञहरूले यस निर्णयले अमेरिकामा अध्ययनरत विद्यार्थी, आईटी कम्पनीहरू र काम गर्ने विदेशी नागरिकमा प्रत्यक्ष असर पार्ने मूल्यांकन गरेका छन् । यससँगै एच-वानबी र ग्रिन कार्ड प्रणालीमा समेत परिवर्तन ल्याई केवल उत्कृष्ट प्रतिभा आकर्षित गर्ने नीति अगाडि सारिने बताइएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १२ : ४५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले