५ चैत्र २०८२, बिहिबार | March 19, 2026

इन्द्रजात्राका मूर्त/अमूर्तसम्पदाबारे अभिलेखीकरण



काठमाडौँ । काठमाडौँको सबैभन्दा जीवन्त पर्व मानिने इन्द्रजात्राको मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२३ को लगानीमा विज्ञहरूद्वारा अध्ययगन गरी ती मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको हो । आज हनुमानढोका दरबार सङ्ग्रहालयमा एक समारोहका बीच उक्त इन्द्रजात्राको मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको दस्तावेज विमोचन गरिएको छ ।

विमोचन समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले यस्ता सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी रहेको र यो प्रयासको सराहना गरिन् । उनले महानगरले यहाँभित्रका सम्पदा संरक्षणका काम गर्दै आएको जानकारी दिँदै इन्द्रजात्राको अभिलेखीकरण दस्तावेज एउटा नमूना भएको बताइन् ।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका–२३ का अध्यक्ष मचाराजा महर्जनले इन्द्रजात्रा अन्तरराष्ट्रियकरण भइरहेको उल्लेख गर्दै यो अभिलेखमा हराइरहेका परम्परालाई पनि समावेश गरेर संरक्षण प्रयास गरिएको सुनाए । अध्यक्ष महर्जनले भने, “इन्द्रजात्रामा विगतमा चलेका तर अहिले बन्द भएका परम्परा, गतिविधि पनि यो अध्ययन, अनुसन्धानमा आएको छ, सम्पदामार्गमा चल्ने परम्परा हराइरहेको अवस्थामा अभिलेखमार्फत भावी पुस्तालाई देखाउन सकिने भएको छ ।”

अब इन्द्रजात्राको रथमात्र रहने र लाखे नाचमात्र रहने स्थिति हो कि भन्ने चिन्ता भएकाले अभिलेखीकरणको प्रयास गरिएको उनले बताए । गएको वर्षदेखि नै यस्ता सम्पदा संरक्षणका लागि महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर बजेट विनियोजन गरिएको उनले जानकारी दिए । यो क्रम जारी रहने अध्यक्ष महर्जनको भनाइ थियो ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ९ : ३३ बजे

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको