९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

रोहितको शतकमा साउथ अस्ट्रेलियाविरुद्ध अभ्यास खेलमा २ विकेटको रोमाञ्चक जित



काठमाडौं । आईसीसी विश्वकप तयारीका क्रममा अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा साउथ अस्ट्रेलियामाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रनको योगफल खडा गर्‍यो । जवाफी ब्याटिङमा नेपालले ४४ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै २४४ रन पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलको अविजित शतक निर्णायक रह्यो । उनले १०१ रनको नटआउट पारी खेले । अन्तिम समयमा उनले सोमपाल कामीसँग मिलेर टोलीलाई जितसम्म पुर्‍याए ।

१६१ रनको अवस्थामा ८ विकेट गुमाइसकेको नेपाललाई रोहित र सोमपालले ८५ रनको अविजित साझेदारी गर्दै जित दिलाए । सोमपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै अविजित ३८ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिए ।

यसअघि गुलशन झाले ३६ रन तथा कुशल भुर्तेलले २६ रन जोडेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ६ : ४५ बजे

वैदेशिक व्यापारका सात महिना : नौ खर्ब पचास अर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२

आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमलाई लिएर

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही-१ मा चुनावी समीकरण प्रभावित हुने अपेक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष