२० मंसिर २०८२, शनिबार | December 6, 2025

रोहितको शतकमा साउथ अस्ट्रेलियाविरुद्ध अभ्यास खेलमा २ विकेटको रोमाञ्चक जित



काठमाडौं । आईसीसी विश्वकप तयारीका क्रममा अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा साउथ अस्ट्रेलियामाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रनको योगफल खडा गर्‍यो । जवाफी ब्याटिङमा नेपालले ४४ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै २४४ रन पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलको अविजित शतक निर्णायक रह्यो । उनले १०१ रनको नटआउट पारी खेले । अन्तिम समयमा उनले सोमपाल कामीसँग मिलेर टोलीलाई जितसम्म पुर्‍याए ।

१६१ रनको अवस्थामा ८ विकेट गुमाइसकेको नेपाललाई रोहित र सोमपालले ८५ रनको अविजित साझेदारी गर्दै जित दिलाए । सोमपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै अविजित ३८ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिए ।

यसअघि गुलशन झाले ३६ रन तथा कुशल भुर्तेलले २६ रन जोडेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ६ : ४५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति