१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अठारौँ राष्ट्रिय पुस्तकालय दिवस : कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय देशकै उत्कृष्ट



काठमाडौँ । कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्र देशकै उत्कृष्ट भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयलाई यस वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गरेको हो ।

अठारौँ पुस्तकालय दिवसका अवसरमा आईतबार काठमाण्डौंमा आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराइले सम्मान ग्रहण गरे । उनलाई सञ्‍चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान पत्र प्रदान गरेका थिए ।

यसैगरि आजै अठारौँ पुस्तकालय दिवसका अवसरमा मन्त्रालयले काठमाडौँ महानगरपालिका–१४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका–७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गरेको छ ।

पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले