२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता



थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियोे । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १२ : ०५ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको