२० माघ २०८२, मंगलबार | February 3, 2026

विदेशको मोह त्यागेर भैँसीपालनमा



कैलाली । गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गरेका छन् । उनी पहिला नेपाली सेनामा कार्यरत थिए । अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गरे । हाल उनी स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त छन् ।

साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गरेका हुन् । उनले वार्षिक रु तीन लाख ६० हजारको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडामा लिएका छन् । गोठ निर्माण र भैँसी खरिदमा रु २६ लाख खर्च भएको साउदले बताए । मासिक रु एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खर्च कटाएर रु ६० हजार फाइदा हुने गरेको साउदको भनाइ छ ।

उनले भने, “भैँसीपालन गर्न कामदार राखेको छैन, आफै खटिने गरेको छु, बचत राम्रै भइरहेको छ ।” प्रतिलिटर रु ९० का दरले उनले दैनिक ४० लिटर दूध बिक्री गर्छन् । ग्राहकलाई दूध पु¥याउनै नसकेको साउदले बताए ।

साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन् । भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । भैँसीको आहारको जोहो नभएकाले अहिले केही भैँसीबाट व्यवासाय सुरु गरेको साउदले बताए ।

विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःखलाई सम्झिदै स्वदेशमै भैँसीपालन सुरु गरेका हुन् ।

“नेपालीले विदेशमा बहुत दुःखका साथ काम गर्ने गर्दछन्, नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशीएका हुन्छन्, तर पुगेपछि भनेको अनुसारको काम र तलब हुँदैन्, दुःख, कष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भने ।

विदेशमा माटोको उर्वराशक्ति न्यून भएका देशमा बाहिरबाट कन्टेनरमा माटो आयात गरेर खेतीयोग्य जमिन बनाइ कृषि कार्य गर्ने गरेको साउदले बताए ।

“हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि कार्यका लागि धेरै चिज छ, हामीसँग घाँस छदैछ, माटोको उर्वराशक्ति राम्रै छ, यहाँ जे गरे पनि उत्पादन राम्रै हुन्छ,” उनले भने, “त्यही भएर पनि आफूले भैँसीपालन व्यवसाय अगालेको हुँ ।”

हिजोआज धेरैजसो व्यक्ति कमाउनका लागि विदेश पलायन भइरहेका बेला साउद भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहेका छन् । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदारण दिइरहेको छु । परिवारको खर्च यसैबाट टरेको छ”, उनले भने, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

पछिल्लो समय कैलालीमा भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यसको विकास र विस्तारका लागि सरकारले अनुदानका साथै सहुलिएतमा ऋण उपलब्ध गराए धेरै सहज हुने उनको भनाइ छ । लगतै गड््यौला मल उत्पादन व्यवसाय सञ्चालन गरेर बजारमा बिक्री गर्नेसमेत योजना रहेको साउदले बताए ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १२ : २१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको