२७ असार २०८३, शनिबार | July 11, 2026

कालिगण्डकी नदीको पानी साझा हो, अर्को प्रदेशले उपयोग गर्न सक्छ : मुख्यमन्त्री आचार्य



स्याङ्जा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीको पानी साझा हुने बताएका छन् ।

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको दोस्रो समन्वय बैठक समापन पश्चात पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले कालिगण्डकी डाइभर्सन योजनालाई साझा रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

ञपानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ,झ उनले भने, ञतर गण्डकी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आघात नपुग्ने गरी डाइभर्सन अघि बढाउनुपर्छ ।झ

कालिगण्डकी डाइभर्सन कालिगण्डकी नदीको पानीलाई स्याङ्जा, पाल्पा, नवलपुर हुँदै तानसेन र बुटवल क्षेत्रमा लैजाने ठूलो सिँचाइ तथा जलविद्युत् योजना हो । यस अन्तर्गत नदीको पानीलाई सुरुङमार्फत मोडेर खेतीपाती, खानेपानी र विद्युत् उत्पादनका लागि उपयोग गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ६ : १७ बजे

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश