१४ भदौ २०८३, आइतबार | August 31, 2026

कर्मचारी अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हट्यो



काठमाडौं । सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्ताव फिर्ता लिएको छ। यससँगै संघीय निजामती सेवा विधेयकमा अवकाशसम्बन्धी विवाद समाधान भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मंगलबार राष्ट्रिय सभाको विधायन समितिको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्था अनुसार नै अघि बढ्ने जानकारी दिएकी छिन् । उनले यसअघिको बैठकमा अवकाश उमेर हद तत्कालै ५९ वर्ष बनाउने प्रस्ताव राखेकी थिइन् । त्यसमा प्रतिपक्ष दलका सांसदहरूले आपत्ति जनाएका थिए। त्यसपछि मन्त्री न्यौपानेले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको र सर्वसम्मत निर्णयमै जाने परम्परा कायम राखिने बताइन्।

यसअघि प्रतिनिधिसभाले ऐन लागू भएको आर्थिक वर्षमै कर्मचारी ५८ वर्षमा अवकाश लिने, अर्को वर्षदेखि ५९ वर्ष र तेस्रो वर्षदेखि ६० वर्षमा अवकाश लिने प्रावधान पारित गरेको थियो । र विधायन समितिमा पनि यहि विषयमा सहमति भएको थियो । तर, मन्त्रीले सो सहमति विपरित नयाँ प्रस्ताव ल्याएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका थिए।

समिति र राष्ट्रियसभामा सरकार अल्पमतमा रहेको छ । कतैबाट पनि आफुले ल्याएको प्रस्ताव पारित हुने अवस्था नदेखेपछि सरकार पछि हटेको हो । अब निजामती सेवा विधेयक मंगलबारै राष्ट्रिय सभामा पेस गरी पारित गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  १० : ५१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति