बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज राजधानी बेइजिङ आइपुगेका छन् ।
प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन्। त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
ओली भोलि बेइजिङको तियानमेनस्क्वायरमा जापानी साम्राज्यवाद र फासिवाद विरुद्धको विजयको ८०औं वार्षिकोत्सवको अवसरमा हरन लागेको परेडमा सहभागी हुनेछन् ।


















प्रतिक्रिया