२० श्रावण २०८३, बुधबार | August 5, 2026

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश प्रस्थान



बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गरेका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ गएकोमा भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गर्नुभयो गरे। साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गरेका थिए । उनी आज बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्वका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे । उनले यही भदौ १६ गते तियान्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ४ : ४८ बजे

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल