८ माघ २०८२, बिहिबार | January 22, 2026

रेडक्रस स्थापना दिवसमा कुर्सी दौड



खजुरा । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस बाँकेको खजुरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । रेडक्रसको खजुरा उपशाखाको आयोजनामा विचार विमर्श र कुर्सी दौड प्रतियोगिता गरि स्थापना दिवस मनाइएको हो ।

खजुरा उपशाखाका कार्यवाहक सभापति योगमाया खनालको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसको इतिहासलाई सम्झना गरिएको थियो । रेडक्रस स्थापनाको उद्देश्य, मानवीय सेवामा खेलेको भूमिका र नेपालमा यसको सुरुवातलाई सम्झदै उपस्थितहरुले यसको सक्रियता थप बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै शिक्षाविद माधव शर्माले रेडक्रसले सधैँ सकारात्मक सन्देश प्रवाह गर्ने गरी काम गर्न आवश्यक रहेको बताए । शर्माले “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने सन्देशसहित अघि बढ्न शुभकामना दिए ।

युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष खगेन्द्र दाहालले रेडक्रसको स्थापना आपतकालीन उद्धार, रक्तदान, विपद् व्यवस्थापनमा सक्रिय हुने र स्वयंसेवाको भावना विकास गर्नु रहेको बताए ।

समाजसेवी भक्तबहादुर केसीले आफ्नो प्रतिवद्धता नवीकरण गरिरहन आवश्यक रहेको बताए । केसीले मानवीय सेवामा आफैं पनि प्रतिवद्ध भएर सानो तर उपलब्धिमूलक योगदान गर्ने इच्छा जाहेर गरे । खजुरा उपशाखाका सल्लाहकार झगबहादुर पौडेलले रेडक्रसको मूल्य र मान्यता भित्र रहेर सबैले योगदान दिनुपर्नेमा जोड दिए ।

विचार विमर्श कार्यक्रमपछि भएको कुर्सी दौड प्रतियोगितामा शिक्षाविद समाजसेवी भक्तबहादुर केसी प्रथम भए । यस्तै द्वितीय स्थान युवा रेडक्रस सर्कलका अध्यक्ष खगेन्द्र दाहालले प्राप्त गरे । विजयी केसीले नगद ५०० पुरस्कार प्राप्त गरे भने उपविजेता दाहालले २५० नगद प्राप्त गरे । दिवसकै अवसरमा युवा सर्कलले उपशाखा गेटमा रहेको पुरानो नेपालको झण्डा फेरेर नयाँ राखेको थियो । कार्यक्रमको सञ्चालन भने उपशाखाका सचिव विकास हरि कोइरालाले गरेका थिए ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ६ : १३ बजे

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित