११ श्रावण २०८३, सोमबार | July 27, 2026

खजुरा रेडक्रसको युवा सर्कलमा पत्रकार दाहाल



खजुरा । नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा युवा पत्रकार खगेन्द्र दाहाललाई चयन गरिएको छ । रेडक्रसको बागेश्वरी उप शाखा खजुरा अन्तर्गत बुधबार आयोजित २१ औं स्थापना दिवसका अवसरमा युवा सर्कलको नेतृत्वमा पत्रकार दाहाललाई निर्वाचित गरिएको हो ।

गठित युवा सर्कलको उपाध्यक्षमा लिला गिरी, सचिवमा गम बहादुर डांगर, उप सचिव प्रकाश शाह, कोक्षाध्यक्ष तुला खत्री, उप कोक्षाध्यक्ष सिता वि.क चयन भएका छन । यस्तै सदस्यहरुमा गौरब सापकोटा, लिला भट्राई, यम बहादुर विष्ट, सुस्मिता क्षेत्रि सर्वसम्मत निर्वाचित भएका हुन ।

२०६० सालमा स्थापना भएको बागेश्वरी उपशाखामा विगतका केहि वर्ष यता युवा सर्कल निष्कृय अवस्थामा रहेकोमा यसलाई पुन क्रियासिल बनाउन नयाँ कार्यसमिति निर्माण गरिएको वागेश्वरी उपशाखा खजुराका सभापति जिवनाथ सापकोटाले जानकारी दिए ।

सञ्चारकर्मीका रुपमा मात्र नभएर पत्रकार दाहाल मानविय सेवा कर्ममा निरन्तर लाग्दै आएका छन । उनको पहलकदमीमा खजुरा क्षेत्रमा कम्तीमा ६ जना बिपन्न परिवारको बासबस्ने घर निर्माण भएको छ भने उनले सहयोग जुटाएर हरेक महिना कुनै एक दीनदुःखीको घरमा पुटभरी खानाको जाहो गरिदिने गरेका छन् ।

एक जना कार्यसमिति सदस्य र सल्लाहकारलाई आगामि बस्ने बैठकद्धारा मनोयन गरिने नव निर्वाचित अध्यक्ष दाहालले जानकारी दिए ।

नव निर्वाचित कार्य समितिलाई शुभकामना दिदै जिल्ला कार्यसमिति सदस्य, सितापुर उप शाखाका सभापति एमक जुनियर युवा समितिको संयोजक यम नारायण महतोले विगतका दिनमा जस्तै खजुराको युवा सर्कलले क्रियासिल भएर मानविय सेवाको कार्यमा लाग्ने विश्वास ब्यक्त गरे ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले रेडक्रस जस्तो मानविय सेवा गर्ने सस्थामा रहेर कार्य गर्न पाउनु नै भाग्यमानि सम्झनुपर्ने बताए । वडाध्यक्ष रोकाक्षेत्रीले खजुरामा आइपर्ने प्राकृतिक प्रकोपमा ‘म सेवा गर्छु’ भन्ने मन भावना लिएर सबै लाग्न आवश्यक रहेको भन्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिए । स्थापना दिवस मनाउने कार्यक्रममा खजुराका रेडक्रसकर्मी, स्थानीय संघ सस्थाका पदाधिकारी, जनप्रतिनिधि, युवाहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  २ : ०४ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न