काठमाडौँ । नेपालमा साँझबाट सामाजिक सञ्जाल फेसबुक लगायतका साइतहरु चल्न छाडेका छन् । नेपाल टेलिकमले कानुनबमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ । टेलिकमले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।
बिहीबारमात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । निर्देशन आए लगत्तै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन गरेको थियो ।
प्राधिकरणको निर्देशनको केही घण्टा पछि नेपालमा फेसबुक लगायतका सञ्जालहरु नचल्न थालेका छन् । आज टेलिकमले सूचना जारी गर्दै दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो । यसअघि एनसेलले पनि दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको सूचना जारी गरिसकेको छ ।
यो समाचार तयार पार्दासम्म फेसबुक बन्द भइसकेको छ भने ह्वाटसएप, यूट्युव र इन्टाग्राम चलिरहेका छन् । यद्देपी टेलिकमले दर्ता नभएका सबै सामाजिक सञ्जाल निष्क्रिय हुने जनाएको छ ।


















प्रतिक्रिया