१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बर्दियामा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई स्थानीय सरकारबाट जीवननिर्वाह भत्ता



बर्दिया । जनयुद्धकालमा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका दोस्रो नगरपालिका बनेको छ । यसअघि राजापुर नगरपालिकालेले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता वितरण गर्दै आएकोमा यसपर्षबाट ठाकुरबाबा नगरपालिकाले पनि भत्ता वितरण गर्न सुरु गरेको हो ।

नगरपालिकाले बेपत्ता पुरुषका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो । १० बर्षे द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने गरिएको छ ।

द्वन्द्वमा सहिद वा मृत्यु पुष्टी भएका व्यक्तिका श्रीमतीले सरकारबाट एकल महिला भत्ता पाउने गरेपनि बेपत्ता पारिएका व्यक्तिका श्रीमतीले एकल महिला भत्ता पाउने व्यवस्ता नभएपछि नगरपालिकाले नै कार्यविधि बनाई जीवननिर्वाह भत्ता दिन थालेको हो ।

ठाकुरबाबा नगरपालिकामा हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरिएको नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले जानकारी दिइन् । तीन वर्षदेखि राजापुर नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई मासिक दुई हजार जीवननिर्वाह भत्ता दिँदै आएको छ । बर्दियाका आठ वटा पालिकामध्ये दुई वटा पालिकाले बेपत्ताका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिन थालेका छन्।

संघीय सरकारले बेपत्ताका श्रीमतीलाई जीवननिर्वाहका लागि भत्ताको व्यवस्था नगरेको हुनाले नगरपालिकाबाट कार्यैबिधि बनाएर भत्ता दिने व्यवस्था गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए । उनले द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई जीविकोपार्जनका लागि सरकारले नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउन माग गरे । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार बर्दियामा २६१ जना व्यक्ति बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  २ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा