७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नयाँ पुस्तासँग अब ‘भन्छिन् हजुरआमा’ : अन्तिम तयारीमा ‘द गोल्डेन ग्र्याण्ड मा’



नेपालगन्ज । तपाईंका सन्तान आफ्नी हजुरआमासंग कत्तिको संवाद गर्छन् ? संघर्ष, सम्भावना र अनुभवको लामो यात्रा गरेकी प्रत्येक हजुरआमासँग आफ्नै कथा छन्, व्यथा छन् । अनि, ज्ञानका भण्डार छन् । भोलि शनिवार नेपालगन्जमा आफ्ना नातिनातीना पुस्तासँग हजुरआमाहरु खुलेरै बोल्नेछिन् । प्रविधिको सिर्जनशील युगका जेन्जी पुस्तासँग परम्परागत संस्कारका पर्याय हजुरआमाले गर्नेछन्, पुस्तान्तरणका संवाद ।

स्थापनाको झण्डै तीन दशक पार गरेको दैनिक नेपालगन्ज पत्रिका सञ्चालक संस्था, सम्यक मिडिया हबले आफ्नो १५ औं ‘सम्यक यात्रा’ लाई ऐतिहासिक दुई पुस्ताको ‘ब्रिजिङ’ गर्न लागेको हो । ‘द गोल्डेन ग्र्याण्ड मा’ का क्रममा शनिवार ‘दौडिन्छन् हजुरआमा’ कार्यक्रम गर्न लागिएको सम्यक मिडियाले जनाएको छ ।

‘हो, यो आफैमा एउटा सिर्जनशील पहलकदमी हो,’ सम्यक मिडियाले शुरु गरेको ‘द गोल्डेन ग्र्याण्ड मा’ प्रोजेक्ट कोअर्डिनेटर सजल गैरेले भनिन् । त्यसक्रममा शनिवार आयोजना गर्न लागेको कार्यक्रम ‘भन्छिन् हजुरआमा’ बारे सम्यक टिमकी क्रियटिभ डाइरेक्टर गैरेले आवश्यक तयारी भइरहेको बताइन् । उनका अनुसार, कार्यक्रमको संयोजन पत्रकार निशु जोशीले गर्नेछिन् ।

‘द गोल्डेन ग्र्याण्ड मा’ स्वास्थ्य शिविर, दौडिन्छन् हजुरआमा र भन्छिन्, हजुर आमाका सिरिज आयोजना गर्न लागिएको प्रोजेक्ट कोअर्डिनेटर गैरेले बताइन् । यो कार्यक्रममा नाट्टा बाँके च्याप्टरले सह–आयोजकको रुपमा साझेदारी गरिरहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
‘नेपालगन्ज म्याराथनले दौडिन्छन् हजुरआमा इभेन्टलाई प्राविधिक नेतृत्व गर्नेछ,’ कार्यक्रमका अर्का साझेदार क्रियटिभ ह्याण्डस्का प्रमुख टिएस ठकुरीले भने ।

यस अवधारणाबारे गत विहीवार सरोकारवालाहरुबीच प्रतिनिधिमूलक सहभागितामा छलफल गरिएको थियो । जहाँ सहभागी सांसद, पालिका प्रतिनिधि लगायतका विभिन्न व्यक्तित्वहरुले यो दुई पुस्ताबीचको ‘पूल’का रुपमा कार्यक्रमले परिणाम दिने अपेक्षामात्रै गरिएन, पाको पुस्ताको ज्ञान, अनुभवको आदानप्रदान पुस्तान्तरणसँगै हजुरआमा पुस्ताका महिलाहरुको सक्रिय जीवनयापनमा उत्प्रेरित गर्ने विश्वास गरे ।

‘विशेषगरी महिलामा वृद्धावस्थामा स्वास्थ्य समस्या, एक्लोपन र आर्थिक निर्भरता बढी देखिन्छ,’ सम्बद्ध चिकित्सकसँगका अनुभव साट्दै कार्यक्रमका सह–आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले भने, ‘ त्यसैले ‘दौडिन्छन् हजुरआमा’ केवल दौड मात्र होइन, समाजलाई सचेत गराउने अभियान पनि हो ।’

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ५ : २४ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट