२० मंसिर २०८२, शनिबार | December 7, 2025

चालु आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता



नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस) ले पहिलो पटक अवधी भाषामा सुरु गरेको समाचार सेवाको चालु आर्थिक वर्षका लागि नयाँ सम्झौता गरेको छ ।

राससले नेपालगन्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शिलतप्रसाद महतो र उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत कृष्णप्रसाद जोशीले सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर गरे ।

सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ ।

लुम्बिनी प्रदेशअन्र्तगतका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरुको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी भएको छ ।

बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधी समाचार सेवाले समुदायको सशक्तीकरण भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गरे । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक महतोले विगत दुई वर्षदेखि निरन्तर सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधी समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यमले बढी लाभ लिने विश्वास व्यक्त गरे ।

उनले राससले मातृभाषा (अवधी, मैथिली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रुपमा उपलब्ध गराएको बताए । चालु आर्थिक वर्षको पुस मसान्तसम्मका लागि सेवा नवीकरण गरी सम्झौता गरिएको नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख जोशीले बताए ।

नेपालगन्जबाट प्रकाशन हुने दिपज्वाला दैनिक पत्रिका, दैनिक खबरी पत्रिका, र पैरवी अनलाइनले राससको अवधी समाचार सेवा नियमित रुपमा प्रयोग गर्दै आएको अवधी समाचार सेवाका अनुवादक/सम्पादक राकेशकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ८ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल