२६ बैशाख २०८३, शनिबार | May 9, 2026

ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीको ठक्करबाट बालिका घाइते



काठमाडौं । ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो ललितपुरको गोदावरीतर्फ जाँदै गरेको गाडीले हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको हो । उक्त गाडी नेकपा (एमाले)को विधान महाधिवेशन कार्यक्रममा सहभागी हुन गइरहेको बताइएको छ ।

घटनापछि आक्रोशित स्थानीयले सातदोबाटो-गोदावरी सडक केहीबेर अवरुद्ध गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी खटिएको थियो ।

ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । उनका अनुसार गाडी प्रदेशमन्त्रीको भए पनि हालसम्म कुन मन्त्री सवार थिए भन्ने कुरा खुलेको छैन ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ९ : ३४ बजे

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन