२२ भदौ २०८३, सोमबार | September 8, 2026

दोस्रो जुनियर ईन्टर स्कुल तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रथम



बुटवल । बुटवलमा सम्पन्न दोस्रो जुनियर ईन्टर स्कुल तेक्वान्दो प्रतियोगिता २०८२ मा लुम्बिनी बोर्डिङ स्कुल च्याम्पियन भएको छ । लुम्बिनी बोर्डिङ स्कुलको सहयोगमा आरके तेक्वान्दो डोजाङ र लुम्बिनी तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको प्रतियोगिता लुम्बिनी बोडिङले ४ स्वर्ण जित्दै प्रथम भएको हो ।

लुम्बिनीका विविशा सिजाली, ईशान गिरी, अन्जन सारु, आर्नभ श्रेष्ठले स्वर्ण जिते । प्रतियोगितामा अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुल २ स्वर्ण जित्दै दोस्रो तथा ज्ञानोदय स्कुल २ स्वर्ण जित्दै तेस्रो भएको छ । अक्सफोर्डका प्रमिश थापा र शिवान्सी गुप्ता तथा ज्ञानोदयका असन बस्नेत र प्रवेश कठायतले स्वर्ण जितेका थिए ।

विभिन्न विद्यालयका डोजाङमा तेक्वान्दो सिक्दै गरेका जुनियर खेलाडीहरुका बिच प्रतिस्प्रर्धा मार्फत क्षमता विकास गर्न प्रतियोगिता गरिएको तेक्वान्दो प्रशिक्षक कृष्ण लाम्टाङेले बताए ।

एक समारोहका बिच लुम्बिनी बोर्डिङ स्कुलका प्रधानाध्यापक लालहरि पाण्डे, तेक्वान्दो प्रशिक्षक कृष्ण लाम्टाङेले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा बुटवलका ६ विद्यालयका ३९ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ६ : २८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार