२० मंसिर २०८२, शनिबार | December 6, 2025

दोस्रो जुनियर ईन्टर स्कुल तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रथम



बुटवल । बुटवलमा सम्पन्न दोस्रो जुनियर ईन्टर स्कुल तेक्वान्दो प्रतियोगिता २०८२ मा लुम्बिनी बोर्डिङ स्कुल च्याम्पियन भएको छ । लुम्बिनी बोर्डिङ स्कुलको सहयोगमा आरके तेक्वान्दो डोजाङ र लुम्बिनी तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको प्रतियोगिता लुम्बिनी बोडिङले ४ स्वर्ण जित्दै प्रथम भएको हो ।

लुम्बिनीका विविशा सिजाली, ईशान गिरी, अन्जन सारु, आर्नभ श्रेष्ठले स्वर्ण जिते । प्रतियोगितामा अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुल २ स्वर्ण जित्दै दोस्रो तथा ज्ञानोदय स्कुल २ स्वर्ण जित्दै तेस्रो भएको छ । अक्सफोर्डका प्रमिश थापा र शिवान्सी गुप्ता तथा ज्ञानोदयका असन बस्नेत र प्रवेश कठायतले स्वर्ण जितेका थिए ।

विभिन्न विद्यालयका डोजाङमा तेक्वान्दो सिक्दै गरेका जुनियर खेलाडीहरुका बिच प्रतिस्प्रर्धा मार्फत क्षमता विकास गर्न प्रतियोगिता गरिएको तेक्वान्दो प्रशिक्षक कृष्ण लाम्टाङेले बताए ।

एक समारोहका बिच लुम्बिनी बोर्डिङ स्कुलका प्रधानाध्यापक लालहरि पाण्डे, तेक्वान्दो प्रशिक्षक कृष्ण लाम्टाङेले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा बुटवलका ६ विद्यालयका ३९ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ६ : २८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति