२६ असार २०८३, शुक्रबार | July 10, 2026

निषेधित क्षेत्र तोड्दै संसद भवन अगाडि जेनजी प्रर्दशन, प्रहरीद्वारा अश्रुग्याँसप्रहार



काठमाडौं । भ्रष्ट्राचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेन(जी युवाहरूले बानेश्वरमा निषेधित क्षेत्र तोडेका छन् ।

प्रहरीले निषेधित क्षेत्रमा राखेको ब्यारीकेड तोड्दै उनीहरु संसद भवनभित्र छिर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको छ। यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ। प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीलाई रोक्न प्रयास गरेको थियो । तर, त्यसपछि पनि नमानेपछि भिड तितरवितर पार्ने प्रयास गर्दै पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको हो । यद्दपी प्रदर्शनकारी पछि हटेका छैनन् ।

प्रदर्शनकारीहरूले प्रहरीलाई कागज, रुखका हाँगाका टुक्रा र पानीका बोतल प्रहार गरेको थिए ।

सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारी युवाले चर्को नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १२ : ११ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी