२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे



काठमाडौं । काठमाडौं उपत्यकामा आज भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ ।

प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ । साथै कतिपय विद्यालयले भने प्रदर्शन साम्य नहुन्जेलसम्म विद्यार्थीलाई विद्यालयमै राखेका छन् ।

यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०ले विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर पुर्याउन वा विद्यालयमा नै राख्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले घर जान समस्या भएका विद्यार्थीलाई विद्यालयमा नै सुरक्षित राख्न तथा उनीहरुको राम्रो खानपानको व्यवस्था गर्न निर्देशन जारी गरेको जानकारी दिए ।
अनुसार प्रदर्शनमा गएका क्याम्पसका विद्यार्थी समस्यामा परेका कारणले उनीहरुलाई पनि कलेजमा राख्न निर्देशन दिइएको छ ।

“विद्यार्थीलाई विद्यालयमा नै राख्न भनेका छौँ । उनीहरुलाई शान्तिपूर्वक खानपानको व्यवस्था गरेर राख्न सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ”, अध्यक्ष अधिकारीले भने ।

यस्तै, अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले सुरक्षित स्थानका विद्यार्थीलाई समयमै घरघर पुर्याइएको र कफ्र्यू लागू भएका तथा प्रदर्शन भएका स्थानका विद्यार्थीलाई हाल विद्यालयमा नै राखिएको जानकारी दिए । जेनजीको प्रदर्शनका कारणले जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न क्षेत्रमा कफ्र्यू जारी गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ५ : ३५ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण