३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

जेनजी प्रदर्शन : अहिलेसम्म १९ जनाको मृत्यु, सयौं घाइते



काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

घटनामा ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १, केएमसीमा २ र इटहरीमा २ जनाको मृत्यु भएको छ। प्रहरी गोली लागेर घाइते भएकामध्ये हाल ३४७ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।

घाइतेहरूको विवरण यस प्रकार छ । सिभिल अस्पतालमा १००, ट्रमा सेन्टरमा ५९, एभरेस्ट अस्पतालमा १०२, केएमसीमा ३७, वीर अस्पतालमा ६, पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जना घाइते उपचाररत छन् ।

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन् । ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार १० जना गम्भीर घाइते भएकामा उनीहरूको टाउको र छातीमा गोली लागेको छ ।

प्रदर्शनकारीमाथि प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । जेनजी युवा आन्दोलनका क्रममा देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन जारी रहेको छ ।

प्रहरी र अस्पतालका अधिकारीहरूले घटनाको थप विवरण र अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ६ : ४३ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका