काठमाडौं । राजधानीका निजी विद्यालय भोलि (मंगलबार) बन्द हुने भएका छन् । नेपाल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले दिएको जानकारीअनुसार विषम परिस्थितिका कारण भोलि विद्यालय सञ्चालन गर्न नसकिने भएकाले बन्द गर्ने निर्णय गरिएको हो ।
सोमबार काठमाडौंसहित देशभर भएको जेनजी प्रदर्शनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको थियो । मृतकमध्ये धेरैजना विद्यार्थी रहेको अनुमान गरिएको छ ।



















प्रतिक्रिया