बुटवल । विशेष परिस्थितिका कारण बुटवल उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरु भोलि एकदिन बन्द गर्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।
उपमहानगरपालिकाले सोमबार साझ सार्वजनिक गरेको विज्ञप्तीमा बुटवल क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा मंगलबार एक दिनका लागि बिदा दिने व्यवस्था मिलाउन विद्यालय व्यवस्थापनलाई आग्रह गरिएको जनाइएको छ ।
नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरेको सूचनामा उल्लेख भएअनुसार, हाल देखिएको विशेष अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । मुलुकमा देखिएको विशेष अवस्था र आफ्ना बालकालिकाको सुरक्षाका लागि विद्यालय बन्द गर्न आह्वान गरिएको नगर प्रमुख पाण्डेयले बताए ।
आजै बुटवलसहित विभिन्न सहरमा भएको जेनजी आन्दोलनको प्रदर्शन र त्यहाँ देखिएको तनावपूर्ण स्थितिलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।


















प्रतिक्रिया