२२ मंसिर २०८२, सोमबार | December 8, 2025

‘भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन-जी पुस्तासँग माओवादीको धारणा समान’



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन-जी पुस्तासँग माओवादीको धारणा समान रहेको जनाएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु र ठुलो मात्रामा क्षति भएपछि प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा पनि मागेको छ । बैठक पछि माओवादी प्रवक्ता अग्नी सापकोटाद्वारा जारी विज्ञप्तिमा इतिहासकै कलङ्कको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने जनाइएको छ । विज्ञप्तिमा प्रदर्शनका कममा मृत्यु भएका व्यक्तिहरूलाई सहिद घोषणा गर् माग गर्दै भोलि (मंगलबार साँझ) देशभरका सबै स्थानीय तहहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्न निर्णय भएको उल्लेख गरिएको छ ।

बर्बर दमनबाट मारिएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्तिमा घाइतेहरूको शीघ्र उपचारको प्रबन्ध तथा स्वास्थ्य लाभको कामना गरिएको छ ।

माओवादीले घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न समेत माग गरेको छ । माओवादीको विज्ञप्तिमा जेन(जी पुस्ता र माओवादी केन्द्रबीच साझा अवधारणा भएकाले आगामी दिनमा कसरी अघि बढ्‌ने भन्ने विषयमा संवाद गर्न माओवादी केन्द्रले युवा पुस्ताका प्रतिनिधिहरूसँग अपिल गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ११ : २९ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण