२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जेन जी प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा गहिरो दुःख प्रकट



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। सोमबार राती एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले प्रदर्शनमा नागरिकको ज्यान गएको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्।

उनले वक्तब्यमा सरकार जेनजी पुस्ताको मागप्रति संवेदनशील रहेको तर प्रदर्शनमा विभिन्न स्वार्थ समूहले घुसपैठ गर्दा तोडफोड र आगजनी जस्ता घटना भएको दाबी गरेका छन् । प्रदर्शनका आयोजक स्वयंले प्रदर्शन सफल भएको घोषणा गरी घर फर्कन आग्रह गरिसकेपछि घुसपैठियाहरुले संवैधानिक संस्थाका कार्यालयमा तोडफोड र आगजनी गरेको उनले जनाएका छन् । तोडफोड र आगजनीपछि राज्यको सम्पत्ति जोगाउन सरकारले कदम चाल्नुपर्ने स्थिति आएको प्रधानमन्त्रीको भनाई छ ।

‘सरकारले सामाजिक सञ्जाललाई रोक्ने नीति लिएको थिएन र छैन। अदालतको आदेशअनुसार सूचीकरण भए लगत्तै पुनः सञ्चालन हुने व्यवस्था गरिएको हो,’ उनले बक्तब्यमा भनेका छन् । ओलीले सामाजिक सञ्जालबारे पर्याप्त जानकारी अभाव र जेनजी पुस्ताको सोचबीचको अस्पष्टताले आजको अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै ओलीले मृतक परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, घटनाको कारण र अवस्था विश्लेषण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिने पनि बक्तब्यमा जनाएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ११ : ५२ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप