७ आश्विन २०८३, बुधबार | September 23, 2026

ललितपुरमा मध्यरातिसम्म कर्फ्यु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहानदेखि विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् ।

ललितपुर महानगरपालिका वडा नं. २, ४, ९, १८ र २५ भित्रका विभिन्न क्षेत्रमा चार किल्ला तोकी कर्फ्यु आदेश लागू गरिएको छ । सो सिमाना भित्र कुनै पनि व्यक्तिले आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, पूर्वमा भैंसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोल पम्पभन्दा तल रहेको विष्णुदेवी मन्दिर, दक्षिणतर्फ इटनी जाने ओरालो क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

वडा नं. २ सानेपानस्थित इन्द्रायणि मार्ग आसपास क्षेत्र, पूर्वमा सानेपा चोकबाट इन्द्रायणि मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म वाग्मती करिडोर सडकमा कर्फ्यु आदेश जारी गरिएको छ ।

उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र, दक्षिणतर्फ इन्द्रायणि मन्दिरबाट वाग्मती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् ।

वडा नं. ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिमतर्फ च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणतर्फ मल पोखरी जाने बाटोसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको जनाएका छन ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई