१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपालमा जारी जेन जी प्रदर्शनमा भारतको चासो, भन्यो- ‘नजिकबाट नियालिरहेका छौं’



काठमाडौं । भारतले नेपालमा जेन जी प्रदर्शन चर्किँदै जाँदा नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले विकसित पछिल्लो घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको जनाएको छ ।

भारतले काठमाडौंसहित अन्य शहरमा कर्फ्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दुस्ख व्यक्त गरेको छ । ‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दुःखी भएका छौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ ।

मुलुकमा ब्याप्त भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको प्रदर्शनमा प्रहरीले दमन गर्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ४९ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका