२० श्रावण २०८३, बुधबार | August 5, 2026

नेपाल यातायात व्यवसायी महासङ्घद्वारा देशव्यापी सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्द घोषणा



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चित कालका लागि सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ ।

महासङ्घले भदौ २३ गते जेनजी समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भनेको छ कि शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने छ ।

महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै घाइतेहरूको उपचारको उचित व्यवस्थाका लागि नेपाल सरकारसँग सहयोगको माग गरेको छ । महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरूलाई घाइतेहरूको उपचारमा सक्दो सहयोग गर्न अनुरोध गरेको छ ।

महासङ्घले जनाएको छ कि दुःखद घटनाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फ्यु आदेश जारी भएकोले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालनमा असहज अवस्था सिर्जना भएको छ ।

यसर्थ, नेपाल सरकारबाट उचित शान्ति-सुरक्षाको प्रत्याभूति नभएसम्म यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न महासङ्घले आफ्ना सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : १८ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर