काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई संयमता अपनाउन आह्वान गरेका छन् । उनले प्रधानमन्त्रीले राजिनामा दिइसकेको परिस्थितमा संयमता अपनाउन नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सम्पत्ति जेनजीहरुकै भएको जनाउँदै संयमता अपनाउन आह्वान गरेका छन् । बालेनले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुन जेनजी नेतृत्वलाई भनेका छन् ।
‘देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि जनाएका छन् । ‘याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले लेका छन् ।
जेनजीहरूको प्रदर्शन उग्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिइसकेका छन् ।


















प्रतिक्रिया