१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आन्दोलन स्थगन गरेर वार्तामा आउन प्रधान सेनापतिको आह्वान



नेपालगन्ज । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत समुहलाई आन्दोलनका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेका छन् । राष्ट्रका नाममा भिडियो सम्बोधन गर्दै उनले विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण निकास दिन आन्दोलनरत समुहलाई आन्दोलका कार्यक्रम स्थगन गरि वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले हालसम्म जनधनको धेरै क्षति भइसकेको उल्लेख गर्दै जनधनको थप क्षति हुन नदिनु सबैको साझा दायित्व भएको बताएका छन् । वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ उनले भनेका छन् ।

प्रधान सेनापति सिग्देलले शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्। वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको पनि उनले स्पष्ट पारेका छन् ।

जेनजी पुस्ताले गरेको आन्दोलनपछि भएका घटनाक्रमबारे जानकारी दिन उनले सम्बोधन गरेका हुन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले